काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन

9.85K
shares

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । विगत ६ वर्षदेखि सिकिस्त रहेका बास्तोलाको शनिबार राति १०:२० बजे निधन भएको हो ।

वि.सं. २०६९ पुस १४ गते मोरङमा कुलपूजामा भाग लिने क्रमा लढेका बास्तोला त्यसयता सिकिस्त थिए । उनलाई मस्तिस्कघाट (ब्रेन ह्यामरेज) भएको थियो । नेपालको प्रजातान्त्रिक प्रजातान्त्रिक आन्दोलनमा नेता बास्तोलाको ठूलो योगदान रहेको नेताहरुले बताएका छन् ।

पूर्वमन्त्री र भारतका लागि नेपाली राजदूतसमेत भएका बास्तोला दूरगामी नेताका रुपमा परिचित थिए । उनी दरबार हत्याकाण्ड हुँदा परराष्ट्रमन्त्री थिए । बास्तोलाका श्रीमति र दुई छोरी छन् ।

अचेत अवस्थामा रहेका बास्तोलालाई शनिबार विहान परिवारले उपचारका लागि न्युरो अस्पताल बाँसबारी लगेको थियो । शनिबारै अस्पतालले बास्तोलाको क्लिनिकल्ली डेथ भएको भन्दै घर पठाएको थियो ।

घरमै लढेर मस्तिस्कघात भएका बास्तोलालाई भारतको मेदान्त अस्पताल लगेर तीन महिनासम्म उपचार गराइएको थियो । तर, उनको अवस्थामा सुधार नभएपछि काठमाडौं ल्याइएको थियो । काठमाडौंमा पनि उपचार सम्भव नभएपछि २०७० कात्तिकदेखि घरमै उपचार भइरहेको थियो । घरमा रहँदा पनि उनलाई आसियु बेडमै आराम गराइएको थियो ।

विपीको प्रेरणाले राजनीतिमा होमीएका बास्तोलाको नाम वि.सं. २०३० को बहुचर्चित विमान अपहरण काण्डमा नाम मुछिएपछि चर्चित बनेका थिए ।