काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बारामा पाँच वर्षीय बालकको अपहरणपछि हत्या, दुई जना पक्राउ

13.27K
shares

बाराको सिम्राैनगढ नगरपालिका–३ का पाँच वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।

धनेश्वर राय यादवका पाँच वर्षीय छोरा गुल्लु भनिने दीपक यादवको अपहरणपछि फिरौतिमा कुरा नमिलेपछि हत्या भएको हो । दीपक असोज २४ गते नै अपहरणमा परेका थिए ।

दीपक हजुरबुबासँग २४ गते रनीवासस्थित मेला हेरेर फर्किदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले स्प्रे प्रयोग गरी बेहोस बनाएर अपहरण गरेका थिए । अपहरण लगत्तै उनीहरुले मृतक बालकका बाबुसँग फिरौतिस्वरुप १० लाख रुपैयाँ मागेको खुलेको छ ।

उनको शव शनिबार राति गाँउ नजिकै झाडीमा फेला परेको थियो । फिरौति रकम जुटाउने क्रममै बालकको हत्या भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीले अपहरणको आरोपमा सोही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन् । उनीहरुमाथि अनुसन्धान सुरु गरेको बारा प्रहरीले जनाएको छ । बैठाको घरबाट मृतक दीपकले लाएको बाला फेला परेको प्रहरीले जनाएको छ ।