काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बडा दसैंको आज छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

22.39K
shares

नेपालीहरुको महान चाड बडा दसैंको आज छैटौं दिन । षष्ठी अर्थात् छैटौं दिन कात्यायनी देवीको पूजा–आराधाना गरिँदै छ ।

नवरात्रको छैठौं दिन घर–घरमा कात्यायनी माताको देवीको पूजा गरिँदैछ । कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा कात्यायनी देवीको पूजा–आराधना गरिँदै छ ।

देवी कात्यायनीलाई पार्वतीको सौर्य अवतारको रुपमा समेत लिने गरिन्छ । सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत ग्रन्थमा उल्लेख छ ।

आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि समेत कात्यायनी माताको पूजा आराधना गर्नुपर्छ भन्ने जनमानसमा विश्वास छ । अविवाहित व्यक्तिले विवाहमा बाधा अवरोध परेको खण्डमा मह चढाएर कात्यायनी देवीको पूजा–आराधना गरो कार्यसिद्धि हुने विश्वास छ ।

कात्यायनी देवीलाई सहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न कात्यायनीको आगमन भएको हिन्दु धर्मग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्न स्वयंम कात्यायन ऋषिको आश्रममा पैदा भएकी र ऋषिले पुत्रीका रुपमा स्वीकार गरेको विश्वास छ ।

माता कात्यायनीको वर्ण सुन्तला रङको रहेको शास्त्रमा वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन् । यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

दसैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन रहिआएको छ ।