बसले बढी भाडा माग्यो ? १०१ वा १०३ मा फोन गरी उजुरी गर्नुहोस्
वि.सं.२०७५ असोज २९ सोमवार १५:२६
shares

तोकिएको भन्दा बढी भाडा नदिन यात्रुलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ । चाडवाडका बेला यात्रु ठगिँदै गरेको गुनासो बढेपछि बढी भाडा असुल्ने यातायातविरुद्ध उजुरी गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।
कुनै पनि गाडीले बढी भाडा लिए यातायात व्यवस्था विभागको हटलाइन नम्बर ९८५१२७३२२२ र प्रहरीको निःशुल्क नम्बर १०१ वा १०३ मा फोन गरेर उजुरी गर्नसमेत गर्न सकिनेछ । तोकिएको भन्दा बढी भाडा तिर्नु परेकोे गुनासोपछि विभागले यात्रुलाई सचेत गराएको हो ।
यसपालिको दसैंका लागि सोमबार, मंगलबार र बुधबार धेरै यात्रु काठमाडौं बाहिरिने छन् । यो मौकामा यातायात व्यवसायीले बढी भाडा असुल्न सक्नेछन् ।
दशैंका लागि २० देखि २२ लाख यात्रु काठमाडौंबाट बाहिरिने ट्राफिक प्रहरीको अनुमान छ । अहिलेसम्म झण्डै १४ लाख यात्रले काठमाडौं छोडेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सरकारले बढी भाडा लिनेलाई कारबाही भइरहेको दाबी गरको छ । तर अनुमगन प्रभावकारी नहुँदा विभिन्न बाहनामा बढी भाडा तिर्नु परेको यात्रुले गुनासो गर्न छाडेका छैनन् । यता, ट्राफिक प्रहरीले पनि बढी भाडा लिनेलाई कारबाही भइरहेको भन्दै तत्काल खबर गर्न आग्रह गरेको छ ।
काठमाडौं बाहिरिने मुख्य नाका थानकोट–नौबिसे खण्डमा सडकको अवस्थाका कारण दैनिक जामको समस्याले यात्रु हैरान छन् । यसैबीच, यात्रुको सहजताका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

























