काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेती अञ्चल अस्पतालमा चिकित्सकको मनोमानी, ड्युटी छाडेर बेपत्ता

9.68K
shares

चाडपर्व नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोमानी बढेको छ ।

डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि इमर्जेन्सी वार्डमा ड्युटीको समयमा अन्यत्र व्यस्त हुन थालेपछि बिरामी मर्कामा परेका छन् । इमर्जेन्सी वार्डको ड्युटी छोडेर चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु बेपत्ता हुने गरेको गुनासो बिरामी र उनीहरुका आफन्तले गर्दै आएका छन् ।

आइतबार साँझ सर्पले टोकेकी बालिका रुपा विकको उपचारका लागि अस्पताल पुगेका धनगढी उर्मीका कमल ढाटले इमर्जेन्सी वार्डमा एक जना मात्रै स्वास्थ्यकर्मी भेटिएको र विरामीलाई हेर्न पनि नमानेको गुनासो गरे । दिउँसो २ बजेदेखि राति ८ बजेसम्म अहेवद्धय राधाकृष्ण चौधरी र ओम प्रकाश बोहरा तथा डाक्टर गोविन्द रावतको ड्युटी थियो ।

आकस्मिक वार्डका चिकित्सक र स्वास्थ्यकर्मीहरु विगतमा रातभर सुत्न थालेपछि बिरामी र कुरुवा मर्कामा परेको गुनासो आउने क्रमकाबीच नै अहिले दिनमा समेत आकस्मिक कक्षमा डाक्टर र स्वास्थ्यकर्मी भेट्न मुस्किल हुन थालेको हो ।

आकस्मिक कक्षका इन्चार्ज कृष्ण बोहराले पनि वार्डमा कर्मचारी नबस्ने समस्या रहेको स्वीकार गरे । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डाक्टर हेमराज पाण्डेले भने सो बारेमा जानकारी नभएको प्र्रतिक्रिया दिएका छन् । उनले समस्या देखिएको भए वार्ड इन्चार्जसँग छलफल गरेर समस्या समाधान गर्ने बताए ।

दसैं लागेसँगै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी पनि बिदामा बस्न सुरु गरिसकेका छन् ।