काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखराका मन्दिरहरुमा भक्तजनको भीड

21.84K
shares

पोखराका मन्दिरहरुमा भक्तजनको भीड लागेको छ । भगवान दुर्गाको प्रतिमा रहेका मन्दिरहरुमा भक्तजनको भिड लाग्न थालेको हो । दसैं पर्वको घटस्थापनादेखि पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिर, ताल वराही मन्दिर, भद्रकालि मन्दिर, अकलादेवी मन्दिर, केदारेश्वर महादेव मणि मन्दिर परिसरमा रहेको दुर्गा मन्दिर लगायतका मन्दिरमा भक्तजनहरुको भिड लाग्न थालेको हो ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मन्दिरमा टाढा–टाढाबाट समेत भक्तजन आउन थालेसँगै विभिन्न दुर्गा मन्दिरहरुमा भक्तजनको भिडभाड भएको बताइन्छ । नवदुर्गाको नौ वटै देवीको पूजा गर्दै मनोकाक्षा पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनाहरु टाडाबाट मन्दिरमा घण्टौ लाईनमा बसेर पुजा गर्ने गर्दछन । मन्दिरमा हरेक वर्षझैं यो वर्ष पनि नवदुर्गा अवसरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०७५ जारी रहेको छ ।

मन्दिरको महिमा चिरकालसम्म जोगाउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मन्दिरको आवश्यक संरक्षण, प्रचारप्रसार तथा दर्शनार्थीलाई पूजाआजामा सहज बनाउन विभिन्न सुविधा थप्दै आएको छ । वरिपरी थुम्कोमा रहेको यो मन्दिरमा जान असहाय तथा वृद्धवृद्धाको लागि लिफ्ट व्यवस्था हुँदैछ ।

समिति अध्यक्ष समेत रहेका समाजसेवी गणेशबहादुर श्रेष्ठको पहलमा सुजल फुड्स एक्लैले ८० लाख रुपैयाँ लागतमा लिफ्ट तयार गर्न लागेको हो । लिफ्ट कात्तिक महिनाभर निर्माण सम्पन्न गर्ने समितिको योजना रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।मन्दिरमा घटस्थापनामा नवदुर्गाको नौरुपको झाँकीसहित महानवमीको दिनसम्म दैनिक भागवत् कथावाचन हुने गर्दछ ।

समितिले पूजाआजामा व्यवस्थित गर्न १२ वर्षयता महानवमीमा नवदुर्गा महोत्सव गर्दैआएको समिति सचिव तीर्थ श्रेष्ठले बताए । मन्दिरमा दैनिक कम्तीमा एक हजारदेखि १० हजारसम्म भक्तजन आउँछन् । महोत्सव अवधिभर करिब डेढ लाख दर्शनार्थी भित्रिने अपेक्षा गरिएको छ ।

फेवातालबीचको तालबाराही र पोखराको भद्रकालीस्थित भद्रकाली मन्दिरमा पनि नवदुर्गामा भक्तजनको भीड लाग्छ । यो क्रम कोजाग्रत पूर्णिमासम्म चल्छ । मन्दिरको आ–आप्mनै महत्व छ । तालबाराहीमा वर्षमै सबैभन्दा बढी भीड कोजाग्रत पूर्णिमामा हुने गर्छ ।