काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटवल मैदान बनाउन जोड

11.07K
shares

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान निर्माण गर्न सरोकारवालाले जोड दिएका छन् । एन्फा कास्कीले विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा मंगलबार पोखरामा आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमका बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

पोखरालाई खेलकुद र पर्यटन खेलकुदको केन्द्र बनाउने अभियानमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट सहितको फुटबल मैदान आवश्यक भएको बक्ताहरुको जोड थियो । पोखरामा हाल अन्तर्राष्ट्रिय प्यारापिट सहितको फुटबल मैदान निमार्ण प्रकृयाले मुर्त रुप लिन नसक्दा पोखरेलीहरुले चिन्त्ता व्यक्त गर्न थालेका हुन ।

जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीलबहादुर गुरुङले पोखरामा हुने खेल गतिविधिले पोखराको खेलसँगै खेल पर्यटनको समेत प्रवद्र्धन हुने गरेको बताए । पोखरामा व्यबस्थित प्यारापिट सहितको फुटबल मैदान आवश्यक भएको उनले बताए ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले गण्डकी प्रदेशको राजधानि पोखरामा खेलकुद र पर्यटनको समेत राजधानि बनाउन सकिने बताए । उनले भने, ‘पोखरामा खेलकुद र खेल पर्यटनको अथाह सम्भावना रहेको छ, यसको विकास र विस्तार गर्न निजी क्षेत्र सहकार्य गर्न तयार रहेको छ ।’

उक्त अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी सहितको नयाँ कार्यसमितिलाई र कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रबिन्द्रमान गुरुङलाई एन्फा कास्कीले उक्त अवसरमा सम्मान गरिएकोे छ । यसैबीच आयोजक एन्फा कास्की र पत्रकार बिच भएको मैत्रिपुर्ण फुटवल खेलमा आयोजनक एन्फा कास्कीले पत्रकारको टोलीलाई २–० ले पराजित गरेको छ ।

त्यस्तै पोखरा सेति वारी र पोखरा सेतिपारीबीच भएको मैत्रिपुर्ण फुटबल खेलमा सेतीपारीले सेतीवारीलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । सेतिपारीको जितमा हरि खड्काले ह्याट्रिक गरे भने मनकाजी गुरुङ, बब्लु गुरुङले दुई/दुई गोल गरे ।

सेतीवारिको तर्फबाट विदेशी खेलाडी ब्रर्दर शान्त्वना एक गोल गरे । कुमार गुरुङको कप्तानीमा मैदानमा उत्रिएको सेतिवारिले गोल गर्ने अवसर पाए पनि गोल गर्न नसक्दा फराकिलो गोल अन्तरमा पराजित भएको हो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।