पोखरामा एक अर्ब बढीको लगानीमा हेरीटेज होटल संचालनमा
वि.सं.२०७५ कात्तिक ५ सोमवार २२:०७
shares

पर्यटनको सिजन सुरु भएसँगै पोखरामा चारतारे स्तरको एक होटल सञ्चालनमा आएको छ । पोखराको लेकलाइडमा विगत ८ वर्ष लगाएर निमार्ण भएको हेरीटेज होटल सुईट एण्ड स्पाः मा प्रारम्भिक सेवा सुरु भएको हो ।
पर्यटनको सिजन सुरु भएसँगै गुणस्तरीय पर्यटकहरुलाई अकषर्ण गर्ने उद्धेश्यले सोमबार देखि अनौपचारिक रुपमा होटलको सेवा सञ्चालनमा आएको होटलका अध्यक्ष रबिचन्द्र हमालले बताए ।
गुणस्तरिय पर्यटकको लागि आफूहरुले होटलमा धेरै कला संस्कृति झल्कने विषयवस्तुहरु समेट्ने प्रयास गर्दा उक्त होटल निमार्ण गर्न करिब ८ वर्ष लागेको अध्यक्ष हमालले बताए । पर्यटन क्षेत्रमा विगत ४ दशक देखि लाग्दै आएका हमाल आफ्नो ठूलो पुजी पोखरामा लगानी गरेको बताए । करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा हालसम्म एक अर्ब भन्दा बढी लगानी भएको उनले दाबी गरे ।
पोखरामा सञ्चालनमा आएको कलात्मक उक्त होटलले होटलमा ५० वटा कलात्मक रुमहरु रहेको बताउदै अध्यक्ष हमालले अनौपचारिक रुपमा सोमबार देखि २४ वटा रुमहरु संचालनमा ल्याएको बताए । पुरानो कला, कौशल प्रयोग गरी सोहि अनुसाको वातावरणको अनुमूति दिलाउने कलात्मक होटलको रुपमा आफूहरुले पहिचान दिन खोजेका होटलका अध्यक्ष हमालले बताए ।
एक सय १० डलर देखि एक सय ५० डलरसम्मका रुमहरु होटलमा उपलब्ध भएको उनले जनाए । जसमा १८ वटा सुईट डिलक्स रुम रहेको उनले बताए ।
उक्त होटलमा मुख्य गरी तीन वटा छुट्टा छुट्टै तीन वटा भवनहरु रहेका छन् । प्रारम्भिक चरणमा अघिल्लो भागको भवन संचालना आएको हो । अन्नपूर्ण, लाङटाङ र एभरेष्ट नाम दिएको उक्त भवनमा फरक फरक किसिमको पुराना कला संस्कृतिक झल्कने विषयवस्तु देख्न सकिन्छ । उक्त होटलले ३ सय मिटर क्षेत्रसम्मको अर्थिङको जोखिमलाई न्यूनीकरण गर्न अर्थिङ गरेको होटलले जनाएको छ । भक्तपुरे ईटा, पुराना काठ, कलात्मक ढुंगा, सिमेन्ट, वालुवा लगायतबाट उक्त होटल ५ तलेसम्म निमार्ण भएको हमालले जनाए ।
होटलभित्र हेल्थ क्लब, स्टिम, साउना रुम, ज्याकुजी, थेरापि, पुलवार, ५ सय क्षमताको दुई वटा सभाहल, पार्किङको सुविधा, भरियाको सुविधा, सुईमिङ पुल, रेष्टुरेण्ट, वार सहितका सुविधा भएको अध्यक्ष हमालले जनाए ।
उक्त होटलबाट माछापुच्छ«े, अन्नपुर्ण लगायतका हिमश्रृखला देख्न सकिन्छ भने पोखराको अर्काे पर्यटकीय गन्तव्य फेवाताल समेत देख्न सकिन्छ । उनले भने, ‘हाम्रो सांस्कृतिक सम्पदालाई हामीले माया गर्नु पर्छ, हाम्रो जनजीवनसँग सम्बन्धित विषय बस्तुलाइ हाम्रो पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’ कोहि पर्यटकलाई हिमाल मन पर्ने त कोहिलाई कला मन पर्ने भएकोले आफूहरुले कला संस्कृति मन पर्ने पर्यटकलाई लक्षित गरेको उनले जनाए ।
पोखरामा धेरै होटलहरु सस्तो रुपमा बिक्रि भएको उनले बताए । उनले भने, ‘पोखराका धेरै होटलमा अण्डर सेल भईरहेको छ, यसले पोखराको होटल व्यवसायीलाई धरासायी बनाएको छ, प्रति रुमको ४/५ डलरले कसरी होटल सञ्चालन हुन सक्छ ?’

























