काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मला हत्या प्रकरण : जगदिश भट्टकी श्रीमतीले घरमै गरिन् पत्रकार सम्मेलन

13.8K
shares

निर्मला हत्या प्रकरणको छानविनमा लापरबाही गरेको पाइएपछि बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टको परिवारले उनलाई नियतबस फसाइएको बताएको छ । भट्टलाई बर्खास्तीका लागि प्रहरी प्रधान कार्यालयले गृहलाई सिफारिस गरिसकेको छ । सोमबार भट्टको परिवारले भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित घरमै पत्रकार सम्मेलन गरेर जगदिशलाई सरकारले नै फसाएको आरोप लगाएका हुन् । प्रहरी निरीक्षक भट्टकी श्रीमती निर्मला भट्ट(बसन्ती)ले अनुसन्धान अधिकारी र मुद्दा फाँटका इन्चार्ज नभइ घटना भएको क्षेत्रमा वडा इन्चार्ज भएका कारण जगदिशलाई बलीको बोको बनाउन खाजिएको बताइन् ।
निर्मला हराएको विषयमा पीडित परिवारले वडा कार्यालयमा फोन मार्फत जानकारी गराएको र हुलिया सहित फोटो ल्याउनु भनेर श्रीमानले भनेको उनले बताइन् । निर्मलाको शव फेला पर्ने वित्तिकै श्रीमानले नै बमको घरमा खानतलासी र सोधपुछ गरेको उनले बताइन् ।
निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको पाइएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टलाई बर्खास्तीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।