काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ढिलासुस्ती र लापर्बाही गरेको भन्दै ठेक्का सम्झौता तोडियो

15.33K
shares

अठार महिनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगंगा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दासमेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्स्ट्रक्सन एन्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

पुरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट पूरा गरिने उनले बताए । ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि रघुगंगा गाउँपालिका–३, पिप्लेमा १८ महिनामा १० वटा भवन बनाउन कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चारवटा भवन बनाएर आयोजनाको प्रवर्धक प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जगसमेत हालेको छैन । ठेकेदारको चरम ढिलासुस्ती र लापर्बाहीका कारण अन्य भवन अलपत्र अवस्थामा रहेका रघुगंगा गाउँपालिका–३ का अध्यक्ष जीवन मल्लले बताए । भवन निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिन थालेपछि स्थानीयवासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए । ठेकेदारले ढलान गरेर भवन ठड्याए पनि पलास्टर, रंगरोगन, विद्युत र खानेपानी जडान गर्न बाँकी छ । (रासस)