काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आत्मरक्षाका लागि प्रदेशस्तरीय तालीम

15.08K
shares

पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियानका रुपमा अघि बढाइएको छ । विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालीम सोमबारदेखि पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविमा शुरु भएको छ ।

इम्पावर ओमेन एण्ड चिल्ड्रेन नेपाल (इवाच)को समन्वयमा भएको तालीममा गण्डकी प्रदेशका सांसद रामजी बरालले सामाजिक विकृति र विसङ्गति विरुद्ध लड्न आत्मबल जरुरी रहेको बताए । उनले भने, ‘कुनै व्यक्ति सफल हुन सही विचार, साहस र विधिको प्रयोगले मात्र सम्भव हुन्छ ।’

पोखरा महानगरपालिका–१ का वडाध्यक्ष शारदाकुमारी पराजुलीले इच्छा शक्ति भएमा मात्र आत्मविश्वास र आत्मबल बढ्ने बताए । विद्यालयका प्रधानाध्यापक वेदप्रसाद वस्तीले समस्या देखेर भाग्ने होइन आफ्नो सुरक्षा गर्न सक्ने क्षमताको विकास गर्न विद्यालयमा तालीमको आयोजना गरिएको जानकारी दिए ।

तीन दिनसम्म चल्ने सो तालीममा तेक्वान्दो खेलाडी जीवन खातीले प्रशिक्षण दिनेछिन् । प्रशिक्षणमा आकस्मिकरुपमा कसैबाट हुनसक्ने आक्रमणबाट कसरी आत्मरक्षा गर्न सकिन्छ भन्ने विधिका बारेमा सिकाइने प्रशिक्षक खातीले जानकारी दिइन् ।

तालीममा कक्षा १० मा अध्ययनरत ५० छात्राको सहभागिता छ । तालीम प्रदेशका अन्य सामुदायिक तथा निजी विद्यालयसम्म पुर्याउने इवाच नेपालकी अध्यक्ष सुमिता बस्नेतले जानकारी दिइन् ।
रासस