काभ्रेको मानपुरे डाँडामा ट्रक दुर्घटना, दुईको मृत्यु
वि.सं.२०७५ कात्तिक १८ आइतवार १३:३३
shares

काभ्रेको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८, मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीनजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । काभ्रेको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना. १ क ९५२४ नम्बरको खाली ट्रक अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेको थियो ।
दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक सरोज पहरी, विष्णु पहरी, नीरबहादुर पहरी गम्भीर घाइते भएका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।






















