काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँड्ने चारजना पक्राउ

17.23K
shares

क्रिस्चियन धर्मको प्रचार गर्दै हिडेको आरोपमा प्रहरीले बुटवलको मोतिपूर क्षेत्रबाट दुई विदेसी सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापानी नागरिक ४९ वर्षीय यासुको ओवा र ४५ बर्षीय मारी इक्युरा, गोरखा बारपाक घर भइ हाल बुटवल ९ सुख्खा नगर बस्ने ३५ वर्षीय तिर्थमाया घले, रुपन्देही तिलोत्तमा नगरपालिका नयाँ मिल बस्ने २५ वर्षीय पुष्पा घिमिरे रहेका छन् ।

बुटवल १७ मोतिपुर क्षेत्रको सुकुम्बासी बस्तीका गरिव परिवारलाई हिन्दु धर्मको बिरोध गर्दै क्रिस्चियन धर्मको प्रचार गरिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथी अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।