युवाको भावना र आवाज बोक्ने उद्देश्यका साथ कांग्रेसको केन्द्रीय राजनीतिमा आउने इच्छा छ : लेखराज जोशी
वि.सं.२०८३ असोज १९ सोमवार १६:४९
shares

सारांश
- युवाको भावना र आवाज बोक्ने उद्देश्यका साथ कांग्रेसको केन्द्रीय राजनीतिमा आउने इच्छा छ
- नेपाली कांग्रेसका युवा नेता लेखराज जोशीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
- जोशीले ’सबै अट्ने देश सबै अट्ने कांग्रेस’ अभियानसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लेखराज जोशीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। जोशीले ’सबै अट्ने देश सबै अट्ने कांग्रेस’ अभियानसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
विद्यार्थी राजनीतिबाट उदायका जोशीले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र समयअनुकूल पुस्तान्तरणमुखी बनाउने खाकासहित उम्मेदवारी घोषणा गरेका छन्।
‘युवा सहभागिता, सुशासन, आन्तरिक लोकतन्त्र र समग्र समृद्धिलाई राजनीतिक केन्द्रमा राखेर मैले काम गर्ने छु । अबका युवा उद्यमसँग जोडिनुपर्छ, नवीन प्रविधिसँग अभ्यस्त हुनुपर्छ। हाम्रो शिक्षा र राजनीतिक संस्कार पनि सोहि अनुरुप हुनुपर्छ। म पार्टीमा सिंगो युवाको भावना र आवाज बोक्ने उद्देश्यका साथ केन्द्रीय सदस्यको दावेदार रहेको छु,’ जोशीले भने।
लामो समयदेखि कैलाली र कञ्चनपुरमा रहेर पार्टी संगठन, सामाजिक रूपान्तरण, शैक्षिक जागरण र जनजीविकाका मुद्दामा निरन्तर क्रियाशील रहँदै आएकोमा यस पटक महाधिवेशन प्रतिनिधिले आफूलाई विजयी गराएर थप ऊर्जा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरे।
कांग्रेसलाई केवल चुनाव जित्ने माध्यममा मात्र सीमित नराखी नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार अघि बढाउन नीतिगत तहमा युवाको उपस्थिति अपरिहार्य रहेको उनको भनाइ छ।
उनले कार्यकर्ता तथा नागरिकका समस्यालाई पार्टीको नीति निर्माणको केन्द्रमा ल्याउने प्रतिबद्धता जनाएका छन्। युवाहरूलाई उद्यमशीलता, प्रविधि र नेतृत्व विकासमा जोड्दै पार्टीको सदस्यता वितरण तथा सूचना प्रणालीलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।






















