सरकारले जनअपेक्षाअनुसार काम गर्छ : अध्यक्ष प्रचण्ड
वि.सं.२०७५ मंसिर १ शनिवार २२:२०
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन् ।
शनिबारदेखि सुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उदटन गर्न दोलखा आएका प्रचण्डले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गरे ।
पार्टी एकताको प्रसंगमा उनले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताए । नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको प्रष्ट पारे । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता दाहालले बताए ।
रासस

























