पुलिस र मछिन्द्रले बराबरी खेले
वि.सं.२०७५ मंसिर २ आइतवार १९:०३
shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिले खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् । दुबै टिमले प्रयास गरेपनि गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच मछिन्द्रका विकाश थुलुङ राई भए ।
























