न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगमा अमृतकुमार राई
वि.सं.२०७५ पुस २४ मंगलवार १३:२०
shares

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा अमृतकुमार राई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई स्थायी नियोग प्रमुखको जिम्मेवारी दिएको हो । राई ओली निकट मानिन्छन् ।
सरकारले असारमा तत्कालीन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको थियो । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत राईलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएर नियोगमा पठाइएको हो ।

























