आठौं राष्ट्रिय खेलकुदका लागि ओखलढुंगाबाट १२९ खेलाडी छनोट
वि.सं.२०७५ पुस २४ मंगलवार १३:१२
shares

जिल्लाबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १२९ खेलाडी छनोट गरिएको छ । १२ खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् ।
भलिबल खेलमा २०, कबड्डीमा २०, कराँतेमा १०, तेक्वान्दोमा १५, एथलेटिक्समा आठ, ह्याण्डबलमा १२, टेबलटेनिसमा चार, ब्याडमिन्टनमा चार, फुलकन्टयाक्ट कराँतेमा दुई तथा उसु र पौडीमा एक/एक खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट प्रशिक्षक र अफिसियल गरी २३ जना सहभागी हुनेछन् ।
प्रशिक्षक अभाव
जिल्लामा हालसम्म कुनै पनि खेलका प्रशिक्षक छैनन् । अन्य जिल्लाबाट काजमा प्रशिक्षक बोलाएर खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ । कराँते, तेक्वान्दो, फुटबल, भलिबल, एथलेटिक्सलगायत खेलको प्रशिक्षकको दरबन्दी भए पनि जिल्लामा कार्यरत भने छैनन् ।

























