काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बम्जनको आश्रममा अस्वाभाविक गतिविधि : प्रहरी

15.16K
shares

‘लिटिल बुद्ध’ उपनामले चिनिने रामबहादुर बम्जनमाथि प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ । मानिस बेपत्ता पारेको मुद्दामा अनुसन्धान प्रक्रिया सकिएलगत्तै कारबाही अघि बढाइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बम्जन र उनका सहयोगीलाई पक्राउ गर्नुअघि सिन्धुपाल्चोकको सुनाकोशी गाउँपालिका बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा ‘कुनै अस्वाभाविक घटना’ भएको प्रमाण संकलनको काम सक्ने प्रहरीले जनाएको छ । त्यहाँ नहुनुपर्ने गतिविधि भएको पाइएको सिआईबी स्रोतकोे दाबी छ ।

पहिला पक्राउ गर्नेभन्दा पनि अनुसन्धान प्रक्रियापछि आवश्यक कारबाही चाल्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । ‘पीडितले दिएको उजुरीका आधारमा छानबिन गर्दा बाँडेगाउँस्थित बम्जनको आश्रममा अस्वाभाविक घटना भएको प्रमाण पाएका छौ, त्यसको अन्तिम टुंगोमा पुगेका छौं,’ उनले भने । प्रमाण खोज्ने काम र अनुसन्धान अझै बाँकी रहेकाले ‘भेटिएको चिज अहिल्यै सार्वजनिक गर्न नमिल्ने’ उनले बताए ।

आश्रमभित्र केही अप्राकृतिक घटना तथा गतिविधि भएको तथ्य भेटिएको प्रहरीको दाबी छ । त्यही आधारमा थप अनुसन्धान भइरहेको हो । तर, घटना भएको लामो समय बितिसकेकाले प्रमाण संकलन र अनुसन्धानमा निक्कै कठिनाइ भएको प्रहरीको भनाइ छ । ‘घटना भएको लामो समय बितेकाले सूक्ष्म अध्ययन गर्नुपर्ने हुँदा अनुसन्धान लामो हुनेछ,’ प्रहरी स्रोतले भन्यो ।

जिल्ला प्रहरी कार्यालयमा बम्जनको आश्रमबाट सञ्चलाल वाइबा हराएको भन्ने जाहेरी परेको छ । २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन भएका वाइबाका परिवारका तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको आश्रममा अनुसन्धान सुरु गरेको हो । प्रहरीले दुई दिनअगाडि बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारी नुनका पोकाको खोल र कोइलाको नमुना संकलन गरेको छ । प्रहरीले सिन्धुपाल्चोकपछि सिन्धुलीस्थित आश्रमको अनुसन्धान सुरु गर्ने भएको छ ।

नुनका पोका बरामद, बम्जन कडा निगरानीमा
बुबा बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका सञ्चलाल वाइबाका छोरा महेन्द्रले ‘बुवालाई आश्रमबाटै बेपत्ता बनाइएको’ जिकिर गरेका छन् । ‘बुवा आश्रम जानुभएको थियो, त्यहीँबाट बेपत्ता हुनुभएको हो,’ उनले भन्दै आएका छन् । जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाडौंबाट गएको झन्डै ३० जना सम्मिलित प्रहरीको एउटा टोलीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा अनुसन्धान गरिरहेको छ । अहिले बम्जनको आश्रमलाई उनीहरुले कडा निगरानीमा राखेका छन् ।

bamjan-ashram-newskarobar (1)
अनुसन्धानका क्रममा प्रहरीले खनेको खाडल । जहाँबाट प्रहरीले नुनका पोकाको खोल बरामद गरेको छ ।

कोइलाको नमुना संकलन
आश्रममा गएका बम्जनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा छानबिन थालेको प्रहरीले बताएको छ । हाल प्रहरीको एउटा टोली आश्रममा रहेको र आवश्यक परे थप टोली परिचालन हुने पं्रहरीले बताएको छ । तर, विभिन्न किसिमका गम्भीर आरोप लगाइएका बम्जनविरुद्ध भने हालसम्म कुनै पनि किसिमको कारबाही थालिएको छैन ।

बम्जनविरुद्ध समाचार सार्वजनिक भएपछि बम्जन आबद्ध संस्था बोधी श्रवण धर्म संघले एक विज्ञप्ति निकालेर सञ्चारमाध्यमको विरोध गरेको छ । प्रहरीले छामा मारेर आश्रममा बस्नेलाई आतंकित बनाएको संघले जनाएको छ । संघका एक पदाधिकारी मणि लामाले भने, ‘विभिन्न कपोलकल्पित आरोप लगाएर, शान्ति क्षेत्रमा सयौं प्रहरी दिनका दिन ल्याएर आतंकित बनाउने काम भएको छ, मानसिक रुपमा पीडा दिने काम भएको छ, यसप्रति आपक्ति छ ।’