काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वन मन्त्रालयका सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

14.45K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यातायात व्यवस्था विभागमा रहँदा पदको दुरुपयोग गरी आर्जन गरेको एक करोड ३४ लाख रुपैयाँको स्रोत पुष्टि नभएको जनाउँदै अख्तियारले श्रेष्ठविरूद्ध मुद्दा चलाएको हो ।

सरकारी सेवा प्रवेश गरेदेखि हालसम्म श्रेष्ठले दुई करोड १० लाख ७७ हजार चार रूपैयाँ १६ पैसा आयआर्जन गरेको अख्तियारको अनुसन्धानबाट फेला परेको छ । सोही अवधिमा श्रेष्ठ तथा उनको परिवारका सदस्यहरूको चलअचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, सेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतका शीर्षकमा समेत गरी तीन करोड ४४ लाख ७७ हजार ५८० रूपैयाँ ९२ पैसा खर्च गरेको देखिँदा वैध आयको तुलनामा एक करोड ३४ लाख ५७६ रुपैयाँ ७६ पैसाबराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको आरोप छ ।