काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय वार्ता : थप अन्तर्राष्ट्रिय हवाई मार्ग दिन भारत सकारात्मक

14.34K
shares

थप अन्तर्राष्ट्रिय हवाई मार्गका लागि नेपालले राखेको प्रस्तावमा भारत सकारात्मक देखिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तामा थप हवाई मार्ग दिन प्रस्ताव गरेका थिए । ज्ञवालीको आग्रहमा भारतीय विदेशमन्त्री स्वराजले नेपालको आग्रहमा भारत सकारात्मक रहेको प्रतिक्रिया दिएकी थिइन् ।

मन्त्री ज्ञवालीले लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि भारतलाई आग्रह गरेका छन् । भारु सटहीसहित विगतमा भएका समझदारी र सम्झौता कार्यान्वयनका विषयमा नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थप हवाई रुट दिन भारतीय पक्षले प्राविधिक अध्ययन गरिरहेको र प्राविधिक समस्याका विषयमा नेपाललाई जानकारी गराइएको स्वराजले बताएक थिइन् । हवाई रुटमा देखिएका समस्या समाधान गर्न सकिने उनको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा केही अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको र सन् २०२० मा नेपाल भ्रमण वर्ष घोषणा गरिएकाले हवाई मार्ग अत्यावश्यक रहेकोमा जोड दिएका थिए । हवाई रुट उपलब्ध कहिले हुन्छ भन्ने समयसीमा भने भारतीय पक्षले तोकेको छैन ।

भारतीय रुपियाँ सटही सम्बन्धमा नेपालको चासोमा भने भारतीय विदेशमन्त्री स्वराजले दुई देशका केन्द्रीय बैंकबीचको छलफलपछि निष्कर्ष निस्कने जवाफ व्यक्त गरेकी छन् । उनले समस्या समाधानका लागि सकारात्मक निष्कर्ष निस्कनेमा पनि आशावादी भएको बताइन् । नेपालले हालसालै एक सय भारुभन्दा माथि दरका भारतीय रुपियाँमा प्रतिबन्ध लगाउने निर्णयका बारेमा स्वराजले चासो व्यक्त गरेको स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्रीबीचको भेटमा नेपाल र भारतका उच्चस्तरीय भ्रमणका बेला भएका सहमति र सम्झौता कार्यान्वयनका विषयमा समेत छलफल भएको बताइएको छ । विगतका सम्झैता कार्यान्वयनसँगै दुई देशको आपासी सम्बन्ध सुदृण पार्न सकारात्मक भूमिका आवश्यक रहेको दुवै पक्षको धारणा रहेको बताइएको छ ।

भेटमा मन्त्री ज्ञवालीले नेपालले टनकपुर लिंक रोडलगायत वर्षौदेखि थाती रहेका आयोजना यथासम्भव छिटो कार्यान्वयनका लागि भारतलाई आग्रह गरेका थिए । व्यापार, जलविद्युत लगायतका विकास निर्माणका काममा समेत दुवै पक्ष मिलेर अघि बढेको र अब पनि निरन्तरता पाउनेमा दुवै पक्षले विश्वास व्यक्त गरेका थिए । ज्ञवालीले विद्युत् व्यापारसम्बन्धी निर्देशिका परिमार्जन तथा इनर्जी बैंकिङ सम्बन्धमा हालै भएको सहमतिका लागि भारत सरकारलाई धन्यवाद दिएका थिए ।

नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्न भारतीय पक्षबाट भइरहेको ढिलाइका विषयले समेत छलफलमा प्रवेश पाएको बताइएको छ । सो विषयमा भने स्वराजले कुनै ठोस प्रतिक्रिया नजनाएको स्रोतको भनाइ छ । ईपीजीले गत असारमै प्रतिवेदन तयार पारे पनि भारतीय प्रधानमन्त्री मोदीले समय अभावको बहानामा प्रतिवेदन नबुझेका कारण कार्यान्वयन हुनेमा आशंका बढेको छ ।

मन्त्री ज्ञवाली राइसिना डायलगको चौथो संस्करणमा सहभागी हुन बिहीबार दिल्ली पुगेका हुन् । स्वराजसँगको वार्तालगत्तै ज्ञवालीले दिल्लीस्थित ताज प्यालेस होटलमा मंगलबारदेखि जारी राइसिना डायलगलाई सम्बोधन गरेका थिए ।