विमलेन्द्र निधि भन्छन्- कांग्रेसमा गुटउपगुट अन्त्य भयो
वि.सं.२०७५ पुस ३० सोमवार २२:०९
shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको दावी गरेका छन् । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको सोमबार दैलेखमा उद्घाटन गर्दै उनले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।’
उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै ‘अब काङ्ग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ’ भने ।
वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले संघीय प्रणाली नेपाली कांघीय एजेण्डा भएको बताए । नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए ।

























