नुवाकोटमा गोरुको घम्साघम्सी (फोटो फिचर)
वि.सं.२०७५ माघ २ बुधवार १३:३३
shares

माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटमा गोरु जुधाइ मेला भएको छ । यो वर्ष ४५ हल गोरु जुधाउँदै मेला सम्पन्न भएको छ ।
गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको छ । तारुकामा भने २२ हल गोरु जुधाइएको थियो । केही गोरु नजुधी मैदानमा आउनासाथ भागेका थिए भने केही हल गोरु ४५ मिनेटसम्म जुधिसक्दा पनि हारजीत नभएपछि छुट्याउनु परेको थियो ।
हेर्नुहोस् तस्बिर






































