अन्ततः टाटा नानो कार उत्पादन बन्द हुने
वि.सं.२०७५ माघ १२ शनिवार १८:२७
shares

भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले उत्पादन गर्दै आएको विश्वकै सस्तो टाटा नानो कार उत्पादन बन्द गर्ने घोषणा गरेको छ । लागत बढी भए पनि अपेक्षाअनुसार बिक्री नभएपछि भारतीय कम्पनी टाटाले नानो कारको उत्पादन बन्द गर्न लागेको हो ।
कम्पनीका अध्यक्ष मयङ्क पारीकका अनुसार अर्को वर्षको अप्रिलदेखि नानो कारण उत्पादन गरिने छैन । सन् २००९ देखि बजारमा आएको सानो आकारको नानो कार भारतमा लोकप्रिय हुन सकेन । जसका कारण कार अपेक्षाकृत रुपमा बिक्री भएन । त्यसो त प्राविधिक रुपमा पनि कारलाई लिएर थुप्रै प्रश्न उठेका थिए । जसले गर्दा कार उत्पादन नै बन्द गर्न टाटा मोटर्स बाध्य भएको बताइएको छ ।

























