गृहपृष्ठ नेपालको किफायती बलिङ, यूएई १०७ रनमा समेटियो
नेपालको किफायती बलिङ, यूएई १०७ रनमा समेटियो
नेपाल र यूएईबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएईले १०८ रनको चुनौती पस्किएको छ । अविनास बोहराले तीन तथा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिएपछि यूएईले ठूलो स्कोर बनाउन सकेन ।
पहिलो ओभरको अन्तिम बलमै सोमपालका कामीले इस्फाक अहमद पेभेलियन फर्काएपछि यूएईको विकेट पतनको शृंखला सुरू भएको थियो । सोमपालले दोस्रो ओभर बलिङ गर्दै यूएईका गुलाम सब्बरलाई पनि घर फर्काइदिएका थिए ।
सन्दीप लामिछानेले घातक बलिङ गर्दै यूएईका मोहम्मद उस्मान र सैमान अनवरलाई छैटौं ओभरका अन्तिम दुई बलमा कप्तान पारस खड्काबाट क्याच आउट गराएपछि यूएईको इनिङ धर्मराएको थियो ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । शीर्षक्रमको ब्याटिङ नचल्दा नेपालले खेल गुमाउन पुगेको थियो ।
प्रकाशित समय : २२:१० बजे



















