global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज

रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज

रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज

काठमाडौं । रवि लामिछानेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज सामूहिक छलफल गर्ने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापतिले छलफलको तालिका बनाएको जानकारी दिएका छन् ।

उनका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म तथा मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल तय गरिएको छ ।

विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार बैठक अवरोध गरिरहेका बेला रास्वपाले पार्टीभित्र छलफललाई तीव्र बनाएको हो ।

त्यस्तै आगामी बजेटको पूर्वसन्ध्यामा आयोजना गरिएको यस छलफलमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, जनचासोका विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे पनि धारणा राख्ने बताइएको छ ।

प्रकाशित समय : ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु