global ime bank Long Banner Ad

गृहपृष्ठ जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो ।

सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा करिब ९ दशमलब १ प्रतिशत नोक्सानी भएको जनाएको छ ।

गत वर्ष सन् २०१८ को अन्तिम चौमासिकमा विश्व शेयर बजार केही खस्किएको थियो । खासगरी, एक महिनाभन्दा बढी समय अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भएका र अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी तनाब सिर्जना गरेका कारण शेयर बजारमा अनिश्चय छाएको थियो ।

‘अक्टोबरदेखि डिसेम्बरको चौमासिक अवधिमा अनिश्चित बनेको विश्व आर्थिक तथा कर्पोरेट परिदृश्यका कारण घरेलु र अन्तर्राष्ट्रिय शेयर बजार निकै ओरालो लाग्यो,’ कोषका अध्यक्ष नोरिहिरो ताकाहासीले एक विज्ञप्ति प्रकाशन गरी बताएका छन् ।

यद्यपी, उनले कोषमा दीर्घकालीन लगानीकर्ताहरु रहेका र उनीहरुले वर्षमा औसतमा २.७३ प्रतिशत नाफा कमाउन सफल रहेको बताए । जापानी निवृत्तिभरण कोषमा १५० ट्रिलियन येनभन्दा बढी रकम छ । (रासस)

प्रकाशित समय : २२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु