गृहपृष्ठ नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ
नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका महासचिवले जीवाश्म इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र, न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेको बताएका छन ।
संयुक्त राष्ट्र महासभाद्वारा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरूको दायित्वबारे अन्तर्राष्ट्रिय अदालतको सल्लाहकार रायसम्बन्धी प्रस्ताव पारित भएपछि जारी वक्तव्यमा उनले जलवायु न्याय सुनिश्चित गर्न जीवाश्म इन्धनको प्रयोग क्रमशः घटाउँदै स्वच्छ तथा दिगो ऊर्जालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन ।
महासचिवका अनुसार जलवायु परिवर्तनका लागि न्यून जिम्मेवार राष्ट्रहरू, विशेषगरी विकासोन्मुख तथा साना टापु राष्ट्रहरूले सबैभन्दा बढी असर भोगिरहेका छन् ।
बाढी, खडेरी, अत्यधिक गर्मी, समुद्री सतह वृद्धि तथा प्राकृतिक विपद्का कारण लाखौँ मानिसको जीवन र जीविकोपार्जन प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्था गम्भीर अन्याय भएको बताएका छन
। उनले विश्व समुदायलाई तापक्रम वृद्धि डेढ डिग्री सेल्सियसभित्र सीमित राख्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छ न। साथै, नवीकरणीय ऊर्जा अहिले सबैभन्दा सस्तो, भरपर्दो र सुरक्षित ऊर्जा स्रोतका रूपमा स्थापित भइसकेकाले त्यसतर्फ लगानी बढाउनुपर्नेमा जोड दिएका छन ।
रासस
प्रकाशित समय : ११:२३ बजे



















