गृहपृष्ठ अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित
अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित
KLANG, MALAYSIA - MAY 20: Pictures from the match between Malaysia and Nepal during the Malaysia Women's vs Nepal Women's T20i Bilateral Series 2026 at Bayuemas Oval on May 20, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Malaysian Cricket Association
काठमाडौ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय खेलमा पराजित गरेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो । जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७।३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले ३९ बलमा दुई चौकाको सहयोगमा ३२ रन बनाएकी हुन् । त्यस्तै रुबी पोद्दारले १५ रन बनाउँदा कविता जोशीले छ जोडिन् ।
बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट लिइन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले १६।५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । त्यस्तै, कप्तान मास एलिसाले आठ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान सात–सात रन बनाए ।
नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट लिए ।
एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग दुई अभ्यास खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको दोस्रो खेल यही जेठ ८ गते हुनेछ ।
प्रकाशित समय : १३:०५ बजे



















