global ime bank Long Banner Ad

गृहपृष्ठ चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ ।

रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ । सङ्क्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन ।

नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवीहरू पाइने गर्दछ । प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा ती मध्ये भाइभेक्स जातको परजीवी वढी देखिने गर्दछ । फाल्सिपारम जातको परजीवि औलो रोगका संक्रमित मध्ये १५ देखि २० प्रतिशतमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा समेत प्रभाव पार्ने उनले बताए।

भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए। औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु