गृहपृष्ठ ला लिगामा बार्सिलोनाको जित, मेस्सीको नयाँँ रेकर्ड
ला लिगामा बार्सिलोनाको जित, मेस्सीको नयाँँ रेकर्ड
स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पाराजित गरेको हो ।
पहिलो हाफ गोलरहीत बराबरी सकिएको खेलको ८५ औं मिनेटमा लुई स्वारेजले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको एक मिनेटमै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । बार्सिलोनाका लागि मेस्सीले एउटै क्लबबाट सर्वाधिक खेल जित्ने खेलाडीको रेकर्ड बनाएका छन् । मेस्सीले बार्सिलोनाका लागि हालसम्म खेलेका खेलमध्ये ३ सय ७५ खेलमा जित निकाल्न सफल भएका हुन् ।
प्रकाशित समय : १३:३२ बजे


















