global ime bank Long Banner Ad

गृहपृष्ठ दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

दुई दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैं खुलेको छैन । शुक्रबार र शनिबार असिनासहितको वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको थियो ।

दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले २ दिनदेखि यात्रु अलपत्र परेका छन् । दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन।

अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालय जुम्ला लागिरहेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु