गृहपृष्ठ आईपीएल : सन्दीप आवद्ध रहेको दिल्लीको खेल आज
आईपीएल : सन्दीप आवद्ध रहेको दिल्लीको खेल आज
इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली रोयल च्यालेन्जर्स खेल्न लागेका हुन् ।
खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
यता लगातार हार ब्यहारेको बैंगलोर भने आजको खेलमा जित निकाल्दै आफ्नो खाता खोल्ने लक्ष्यमा हुनेछ । अर्काे खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ ।
प्रकाशित समय : १६:४१ बजे


















