गृहपृष्ठ गरिबी निवारण कोषकोे बैठक बस्दै
गरिबी निवारण कोषकोे बैठक बस्दै
विभिन्न विषयमा छलफल गर्न गरिबी निवारण कोषको सञ्चालक समितिको ७० औं बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित कोषको कार्यालयमा बस्ने बैठकमा मुलुकमा गरिबीको पछिल्लो अवस्था, २०७५ कात्तिक २५ गते सरकारले स्वीकृत गरेको कार्ययोजना, कोषको आन्तरिकीकरणर दीगोपना लगायत विषयमा छलफल हुने छ ।
गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले गरिबी निवारण कोषको पुनःसंरचना सम्बन्धी कार्ययोजना स्वीकृत गरी कोषलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको थियो ।
पछिल्लो समय कोषको विकल्प खोज्न थालिएको छ । वास्तविक गरिबको पहिचान नै नगरी परिचयपत्र वितरण गरेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । विद्यमान गरिबीलाई नियन्त्रण गर्ने र गरिबीको रेखामुनि रहेका जनताको उत्थान गर्ने हेतुले सुरु झएको गरिबी निवारण कार्यक्रम कार्यत्रममा मात्र सिमित बनेको छ ।
प्रकाशित समय : १६:४८ बजे



















