गृहपृष्ठ सीमावर्ती क्षेत्रमा आँधीहुरीको सम्भावना, सचेत रहन आग्रह
सीमावर्ती क्षेत्रमा आँधीहुरीको सम्भावना, सचेत रहन आग्रह
भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा सोमबार बिहानसम्ममा आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीहुरी आउने सम्भावना भएको भन्दै उसले सचेत रहेन आग्रह गरेको हो ।
उसले जारी गरेको विज्ञप्तिमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ ।
भारतको पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो । भारतले सचेत गराएका क्षेत्र नेपालको लुम्बिन आसपासका क्षेत्र हुन् ।

प्रकाशित समय : १६:५४ बजे



















