global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकाले ईरानी सेनालाई आतंकवादी संगठन घोषणा गर्यो

अमेरिकाले ईरानी सेनालाई आतंकवादी संगठन घोषणा गर्यो

अमेरिकाले ईरानी सेनालाई आतंकवादी संगठन घोषणा गर्यो

अमेरिकी राष्ट्रपति डानल्ड ट्रम्पले ईरानको रिभोलुसनरी गार्ड कार्प्स (आईआरजीसी)लाई विदेशी आतंकवादी संगठन घोषणा गरिदिएका छन् । अमेरिकाले कुनै अर्को देशको सेनालाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलो घटना हो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आईआरीसीलाई ‘इंप्लिमेन्टिङ इट्स ग्लोबल टेररिस्ट क्याम्पेन’ भनेको छ । ट्रम्पले ईरानसँगको अन्तर्राष्ट्रिय परमाणु सम्झौता तोडिदिएपछि दुई देशका सेनाबीच तनाव बढेको छ ।

आईआरजीसी र योसँग जोडिएका संस्थाहरुमाथि पहिलेदेखि नै अमेरिकाले आतंकवादीलाई समर्थन गरेको तथा मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘विदेश मन्त्रालयको निकै ठूलो फैसला हो । इरानले आतंकवादलाई बढावामात्रै दिइरहेको छैन, आईआरजीसी पनि यसमा सक्रिय रुपमा सामेल छ ।’

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु