गृहपृष्ठ सुदूरपश्चिममा भूकम्पको धक्का
सुदूरपश्चिममा भूकम्पको धक्का
सुदूरपश्चिममा आज बिहान ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । केन्द्रका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
प्रकाशित समय : १६:५६ बजे



















