global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर

नेपाल उद्योग परिसंघकाे नेतृत्व गर्ने जिम्मेवारी सतीश मोरले पाएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनै प्रावधानअनुसार उनलाई परिसंघको १६औं वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो ।

लक्की ग्रुपका अध्यक्ष एवम् शिवम सिमेन्टका संचालक रहेका मोरले अन्य विभिन्न उद्योग तथा व्यवसायमा चलाइरहेका छन् । साधारणसभाले उपाध्यक्षमा अनुज अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी,राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डेलाई चुनेको छ । एक वर्षभित्र यीनै उपाध्यक्षभित्रबाट एकजना वरिष्ठ उपाध्यक्षमा चयन हुनेछन् ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु