global ime bank Long Banner Ad

गृहपृष्ठ भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका रु ४१ लाख ३२ हजार २२४ मूल्यबराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

खानतलासी गर्दा २३ लाख ३२ हजारबराबरको ५३ बोरा खरबुजाको बीउ, पाँच लाख ७० हजार २४० मूल्यबराबरको ४४ कार्टुन कोलगेट, रु ११ लाख ३५ हजार मूल्यबराबरको २२७ बोरा ओखर, ९५ हजार मूल्यबराबरको ३८ बोरा मकै बरामद गरिएको हो ।

प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु