global ime bank Long Banner Ad

गृहपृष्ठ भारतसँग जोडिएका सीमा नाका दुई दिन बन्द गरिने

भारतसँग जोडिएका सीमा नाका दुई दिन बन्द गरिने

भारतसँग जोडिएका सीमा नाका दुई दिन बन्द गरिने

भारतसँग जोडिएका सीमा नाका दुई दिनका लागि बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा निर्वाचनको व्यवस्थापकीय तथा सुरक्षाको पाटोलाई ध्यानमा राख्दै चैत १७ गते बनबसामा भएको सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकले मंगलबार रातिदेखि बिहीबार साँझसम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

सीमा नाक बन्द गरिए पनि बिरामी र एम्बुलेन्स भने चल्न पाउने गरी सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए । कञ्चनपुरसँग भारत उत्तराखण्डको चम्पावत र उद्यमसिंहनगर तथा उत्तरप्रदेशको लखिमपुर खिरी जिल्ला जोडिएका छन् ।

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु