प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गरेर संसदमा ल्याउनु पर्छः साम्पाङ
वि.सं.२०८३ जेठ २७ बुधवार १९:०३
shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सभामुखले रूलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा ल्याउनु पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद राईले दुई मिनेटको बाटोमा भएको संसद भवनमा आउन नसक्नुको कारण के हो ? भन्दै प्रश्न उठाउँदै सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा ल्याउनु पर्ने जनाएका हुन् ।
प्रधानमन्त्री कार्यालय र संसदको दुरी जम्मा दुई मिनेटको रहेको भन्दै उनले भने, ‘जम्मा दुई मिनेटको बाटोको दुरी छ, यती छोटो दुरीमा रहेको संसद भवन आउन नहुने किन? अब सभामुखले रूलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई ल्याउनु परयो ।’
























