काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता : राष्ट्रसङ्घ

1.53K
shares

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार मे २४ देखि जुन ६ सम्मको अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट कुल ८५ हजार ४२० जना अफगानी स्वदेश फर्केको टोलो न्यूजले बुधवार रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार यस अवधिमा करिब ४४ हजार ५९६ जना इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य ४० हजार ८२४ जना पाकिस्तानबाट फर्केका थिए ।

सीमापार नागरिककोे आवागमनलाई नियमन गर्ने निकाय आइओएमले देशमा फर्कका र जोखिममा रहेका मानिसहरूलाई मानवीय सहायता र सुरक्षा सेवाहरू प्रवाह गर्ने काम जारी राखेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

अफगानिस्तानले पछिल्लो समयमा आर्थिक चुनौतिहरू र क्षेत्रीय आप्रवासन प्रवृत्तिको बिचमा स्वदेश फर्कने नागरिकहरूको अवस्थामा स्थिरता कायम गर्न सक्षम भएको जनाइएको छ