global ime bank Long Banner Ad

गृहपृष्ठ कोलकतालाई हराउँदै चेन्नई आईपीएलको शीर्षस्थानमा

कोलकतालाई हराउँदै चेन्नई आईपीएलको शीर्षस्थानमा

कोलकतालाई हराउँदै चेन्नई आईपीएलको शीर्षस्थानमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानमा पुगेको छ ।
कोलकता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

१ सय ९ रनको लक्ष्य पछ्पाएको चेन्नईले १७.२ ओभरमा नै तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । चेन्नईका फाफ डु प्लेसिसले ४३ रनको महत्वपूर्ण योगदान गरे । केदार जाधव ८ रनमा अविजित रहे । शेन वाटशनले १७ रन बनाए । सुरेश रैना १४ रनमा पेभिलिएन फर्किए । आम्बाती रायडू २१ रन बनाउँदै आउट भए । कोलकताका सुनिल नारायणले २ र पियुष चवलाले मात्र एक विकेट लिन सफल भए ।

चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनायो । कोलकताका आन्द्रे रसेलले ५० रन बनाउँदै अविजित रहे पनि सो जितका लागि प्रयाप्त भएन । पहिलो ओभरको अन्तिम बलमा क्रिस लिन शून्यमै एलवी डब्लू धरापमा परे । दोस्रो ओभरको पाँचौ बलमा हरभजन सिंहले सुनिल नारायणलाई ६ रनमा पेभेलिएन फर्काए । तेस्रो ओभरमा नितेश राना र पाँचौ ओभरको चौथो बलमा रबिन उथाप्पा आउट भएपछि कोलकता २४–४ को कमजोर अवस्थामा पुग्यो ।

इमरान ताहिरले नवौं कप्तान दिनेश कार्तिकलाई १९ रनमा र ११ ओभरको पहिलो बलमा सुभमन गिलाई ९ रनमा आउट गरेपछि कोलकता दबाबमा पर्यो । चेन्नई ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकता ६ खेलमा ४ मा जित २ मा हारका साथ दोस्रो स्थानमा छ भने किंग्स इलाभेन पन्जाव तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु