गृहपृष्ठ भाडा बढाउन ट्याक्सी व्यवसायीको माग
भाडा बढाउन ट्याक्सी व्यवसायीको माग
ट्याक्सी व्यवसायीहरुले तत्काल टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले तत्काल टयाक्सी भाडा वृद्धि गर्न माग गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाललाई मंगलबार ज्ञापन पत्र बुझाएका हुन ।
मिनभवनस्थित विभागको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा बजार भाउलाई मूल्यांकन गरेर टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरिएको छ । यता, विभागमा महानिर्देशक दाहालले भने एक हप्ताभित्र टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफूले प्राविधिक समिति नै गठन गर्ने पनि बताए । सरोकारवाला निकायसँग छलफल गरेर टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफू लागि पर्ने महानिर्देशक दाहालको भनाइ छ । टयाक्सी व्यवसायीहरुले बजारमा सबै बस्तुको मूल्य बढ्दा पनि टयाक्सीको भाडादर वृद्धि नहुँदा आफूहरु मारमा परेको गुनासो गर्दै आएका छन ।
उनीहरुले टयाक्सी पार्किङको उचित व्यवस्था गर्न पनि ध्यानाकर्षण गराएका छ्न् ।
प्रकाशित समय : १४:१६ बजे


















