गृहपृष्ठ डडेल्धुरामा बस दुर्घटना, ३१ जना घाइते
डडेल्धुरामा बस दुर्घटना, ३१ जना घाइते
धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डडेल्धुरामा दुर्घटना भएको छ ।
अमरगढी नगरपालिका–११, धनगाड नजिकै भएको दुर्घटनामा ३१ यात्रु घाइते छन् । ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने ठाउँमा आज बिहान करिब २ः३० बजेतिर दुर्घटनामा परेको थियो । ३० जना घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते एकको त्यहाँ उपचार सम्भव नभए पछि धनगढी पठाइएको छ ।
बसमा ५० भन्दा बढी चढेको र बस ब्रेक फेल भएर बाटोमै पल्टेको डडेल्धुरा प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय : १४:२५ बजे


















