गृहपृष्ठ च्याम्पियन्स लिगको पहिलो लेगमा लिभरपुलले पोर्टोलाई हरायो
च्याम्पियन्स लिगको पहिलो लेगमा लिभरपुलले पोर्टोलाई हरायो
च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुलले पोर्टोलाई पराजित गरेको छ ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा पोर्टो २–० गोलले पराजित भएको हो । पाँचौ मिनेटमा नाबी केईटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २६ औ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । पार्टोले गोल गर्ने अवसर खेर फालेको थियो । फरवार्ड माउसा मारिगा गोल गर्न चुके ।
दोस्रो लेग पोर्टोको घरेलु मैदानमा अर्को हप्ता हुनेछ ।
प्रकाशित समय : १४:५३ बजे


















