global ime bank Long Banner Ad

गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुद : उद्घाटन अघिका पाँच खेल आज

आठौं राष्ट्रिय खेलकुद : उद्घाटन अघिका पाँच खेल आज

आठौं राष्ट्रिय खेलकुद : उद्घाटन अघिका पाँच खेल आज

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न पाँच हुँदैछन् ।

पाँच नम्बर प्रदेशको दाङस्थित घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की हुनेछ भने ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस खेल सुरु हुनेछ ।

औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ खेल पूर्वनिर्धारित तालिका अनुसार हुन लागेको हो । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको प्रतियोगिता पूरा भइसक्ने बताइएको छ । बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ पनि उद्घाटअघिनै सकाउने कार्यतालिका छ ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु