गृहपृष्ठ उद्योगी दीवाकर गोल्छाको उपचारका क्रममा निधन
उद्योगी दीवाकर गोल्छाको उपचारका क्रममा निधन
उद्योगी दीवाकर गोल्छाको उपचारका क्रममा निधन भएको छ । मृगौंला ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको मंगलबार राती चेन्नईमा निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका रहेको छ । उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए । गोल्छा नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सभासद समेत हुन् ।
पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शव विहिबारसम्म काठमाडौं ल्याएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनका दुई छोरा छन् ।
प्रकाशित समय : १५:१७ बजे



















