गृहपृष्ठ हावाहुरी पीडितलाई सहकारी महासंघको ११ लाख सहयोग
हावाहुरी पीडितलाई सहकारी महासंघको ११ लाख सहयोग
राष्ट्रिय सहकारी महासंघ नेपालले बारा र पर्साका हावाहुरी पीडितलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा भेट गरी सो रकम हस्तान्तरण गरेको हो ।
महासंघको प्राकृतिक विपत्ति उद्धार कोषमा नेपाल बहुद्देश्यीय केन्द्रीय सहकारी संघले १ लाख १० हजार १ सय ११, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ५५ हजार ५ सय ५५, श्रीलालिगुरास बहुद्देश्यीय सहकारी संस्था पुल्चोक, ललितपुरले ५० हजार १ सय ११ र श्री रिलायबल बचत तथा ऋण सहकारी संस्था काठमाडौंले १० हजार १ सय ११ रुपैयाँ जम्मा गरेका छन् । यो रकमसहित महासंघले एकमुष्ट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको हो ।
प्रकाशित समय : ०२:४४ बजे


















