गृहपृष्ठ राजपाको महाधिवेशन स्थगित

राजपाको महाधिवेशन स्थगित

राजपाको महाधिवेशन स्थगित

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को महाधिवेशन स्थगित गरिएको छ । बिहीबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले आन्तरिक तयारी नपुगेको भन्दै महाधिवेशन स्थागित गर्ने निर्णय गरेको हो । नेताहरुका अनुसार अब असारमा महाधिवेशन गर्ने गरी तयारी अघि बढाइने छ । अध्यक्ष मण्डलको बैठकले अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

यसअघि यसअघि राजपाले बैशाख ७ देखि ९ गतेसम्म आफ्नो एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो । गत २०७४ बैशाखमा मधेस केन्द्रित ६ दल मिलेर राजपा घोषणा गरिएको थियो । पार्टी एक भए पनि जिम्मेवारी र नेता व्यवस्थापनको पाटोमा नेताहरुबीच मतभेद जारी छ । जसका कारण महाधिवेशनको मिति घोषणा धेकेलिँदै गएको छ । लामो समयमा महाधिवेशन नगरेपछि राजपालाई यसअघि निर्वाचन आयोगले पत्र नै काटेको थियो ।

प्रकाशित समय : ००:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु